'दि भ्वाइस अफ नेपाल'को प्रशारण रोकियो

रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल,सिजन–३’ प्रशारण रोकिएको छ।

कोरोनाका सर्वसाधारणको जीवन अस्तव्यस्त बनिरहेको बेला शोलाई प्रशारणमा ल्याउन नसकिएको भन्दै रोकिएको हाे।

'भ्वाइस अफ नेपाल'ले एक विज्ञप्ति नै निकालेर यसबारे जानकारी दिएको छ। 

महामारीमा जीवन र स्वास्थ्य नै सबैभन्दा ठूलो भएको भन्दै आफूहरू छायांकन र कार्यक्रम निर्माण गर्न सक्षम नरहेको टिमले जनाएको छ। 

प्रकाशित मिति: : 2021-05-23 07:41:00

प्रतिकृया दिनुहोस्