थप ७९१४ जनामा कोरोना पुष्टि, १९३ जनाको मृत्यु

फाइल तस्वीर
फाइल तस्वीर

पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४  मा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा  ७ हजार ६६४ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ६ हजार ३४६ पुगेको छ । 

आजसम्म मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार ५४७ जना रहेको छ । 

प्रकाशित मिति: : 2021-05-23 16:35:00

प्रतिकृया दिनुहोस्