उर्लाबारी वाइसीएल नेपालले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलायो

प्रतिनिधिसभा विघटनको विरोधमा माओवादी निकट योङ कम्युनिस्ट लिग वाइसीएलले मोरङको उर्लाबारीमा आइतबार साँझ  राँके जुलुश निकालेको छ।

संघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनसंगै उर्लाबारीमा राँके जुलुस निकालेको हो। वाइसीएल केन्द्रिय निर्वाचन आयोग सदस्य दिपक आले मगरले  राकेजुलुस र पुत्ला दहन गरिएको बताए।

‘कोभिड लागेर म बरु मर्न तयार छु तर यो देशको ब्यवस्था मर्न दिन्न’ भन्ने नाराका साथ राकेजुलुस निकालिएको मगरले बताए।

प्रकाशित मिति: : 2021-05-23 22:39:00

प्रतिकृया दिनुहोस्