आमा बनिन् चर्चित बलिउड गायिका श्रेया घोषाल

चर्चित बलिउड गायिका श्रेया घोषाल आमा बनेकी छन्।

श्रेया ३७ वर्षको उमेरमा आमा बनेकी हुन्। उनले यसबारे आफ्नो सामाजिक सञ्जालमा जानकारी गराएकी छन्। श्रेयाले गत मार्चमा एक बेबी बम्प तस्बिर सार्वजनिक गर्दै आफ्नो प्रेग्नेन्सीको बारेमा जानकारीसमेत दिएकी थिइन्।

सामाजिक सञ्जालमा श्रेयाले लेखेकी छन्, 'अहिलेको जुन भावना छ त्यो पहिले कहिल्यै महसुस भएको थिएन।'

श्रेयाले सन् २०१५ मा श्रेयाले रशिलादित्य सँग लगन गाँठो कसेकी थिइन्।
 

प्रकाशित मिति: : 2021-05-24 06:10:00

प्रतिकृया दिनुहोस्