गर्मी मौसममा पिउने गरौं लस्सी !

गर्मी मौसम शुरु भएसंगै हाम्रो शरीरले पनि शितलता खोज्ने गर्दछ। गर्मीयाम बढ्दै जाँदा बजारमा पनि पेय पदार्थ लस्सीको माग पनि बढ्दै जान्छ। लस्सी भन्नाले दहीबाट बन्ने स्वादिष्ट अनि शरीरलाई शितलता प्रदान गर्ने एक प्रकारको खाद्य पदार्थ हो। अधिकांश जसो मानिसले गर्मी मौसममा लस्सी पिउन खुबै रुचाउने गर्दछन् l जसलाई पिउँदा शरीरलाई शितलता प्रदान गर्नका साथै स्वास्थ्यमा पनि फाइदा पुर्‍याउने गर्दछ ल त्यसैले आज हामी चर्चा गरौं, लस्सी पिउँदा हुने फाइदाबारे। 

यदि तपाईँ लस्सीको सेवन गर्नु हुन्छ भने यसले तपाइको ब्लड सुगरलाई पनि सन्तुलन राख्न मद्दत पुर्‍याउँछ।

उच्च रक्तचाप भएका बिरामीहरूका निम्ति लस्सीमा नुन राखेर पिउनु अति लाभदायक मानिन्छ। 

लस्सी पिउनाले शरीरको उच्च तापक्रमलाई कम गर्न पनि सहयोग गर्दछ l

गर्मी मौसममा पिउने लस्सीमा प्रोटिनको मात्रा बढी भएको हुनाले शरीरको कोषतन्तुलाई कमजोर हुनबाट बचाउँने गर्दछ।
 
लस्सी क्याल्सियमका लागि उपयुक्त स्रोत भएकाले यसको सेवन गर्नाले हाड र दाँतलाई पनि बलियो बनाउन मद्दत पुग्दछ।
 

प्रकाशित मिति: : 2021-05-24 12:35:00

प्रतिकृया दिनुहोस्