एमाले स्थायी कमिटी बैठक जारी, माधव समूहका नेतामाथि कारवाहीबारे छलफल

सत्तारुढ नेकपा (एमाले) स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ।

केहीबेर अघि बालुवाटारमा जारी बैठकमा नेपाल समूहको पछिल्लाे कृयाकलाप बारे छलफल भइरहेको निकट स्रोतले जनाएको छ।

बैठकले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनःस्थापनाको पक्षमा हस्ताक्षर गर्ने माधव नेपाल समूहका निवर्तमान सांसदहरूलाई कारबाही गर्ने तयारी गरेको एक स्थायी कमिटी सदस्यले जनाएका छन्।

बैठकमा यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका झलनाथ खनाल, माधव नेपाल र भीम रावलसहित ११ जनाले स्पष्टीकरण नबुझाएकाले थप कारवाही गर्ने बारे छलफल भइरहेको स्रोतले बिएल नेपाली सेवालाइ जानकारी दियो।

माधव समूहका २३ जना निवर्तमान सांसदहरुले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा हालिएको रिटमा हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति: : 2021-05-24 18:20:00

प्रतिकृया दिनुहोस्