पूर्वमन्त्री पहाडीद्वारा डोल्पामा अक्सिजन कन्सन्ट्रेटरसहितका सामग्री सहयोग

पूर्वशान्तिमन्त्री सत्य पहाडीले डोल्पामा स्वास्थ्य सामग्री पठाएकी छन्। उनले गाडीमार्फत अक्सिजन उत्पादन गर्ने दुई अक्सिजन कन्सन्ट्रेटर, २०० एन्टिजेन किट, व्यक्तिगत सुरक्षा सामग्री, मास्क, स्यानिटाइजर, पाँचवटा अक्सिजन रेगुलेटर, १५ सिलिण्डर र औषधि पठाएकी हुन्।

अक्सिजन प्लान्ट खरिद गरेर डोल्पामा पुगे पनि प्राविधिक नहुँदा उक्त प्लान्ट सञ्चालनमा आउन सकेको छैन। अक्सिजन भर्न नेपालगञ्ज जानुपर्ने बाध्यतालाई हल गर्न कन्सन्ट्रेटर डोल्पामा पठाएको पहाडीले बताइन्।

अहिले अक्सिजन अभावकै कारण धेरै समस्या आएकाले यो सहयोगबाट राहत मिल्ने डोल्पाका पत्रकार बालकृष्ण डाँगीले बताए। त्यस्तै चिकित्सकहरुबाट जोखिम भत्ता नपाएको गुनासो बढेपछि सो भत्ताका लागि पहल गर्नेसमेत उनले बताए।

प्रकाशित मिति: : 2021-05-25 08:21:00

प्रतिकृया दिनुहोस्