कर्णालीमा एमालेका कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस

फाइल तस्विर
फाइल तस्विर

कर्णाली प्रदेश सरकारमा एमाले संसदीय दलका नेता यमलाल कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस गरिएको छ।

नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गरिएको हो।

कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन्।

मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५: ५० बजेभित्र समय दिएका थिए।

प्रकाशित मिति: : 2024-04-09 17:37:00

प्रतिकृया दिनुहोस्