नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर हुँदै

फाइल तस्वीर
फाइल तस्वीर

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशको विरुद्धमा तीन जना अधिवक्ता सर्वोच्चमा जाने तयारी गरेका छन्।

राष्ट्रको हित विपरित अध्यादेश जारी भएको भन्दै नेपाल बार यसोसिएसन ललितपुरका पूर्व सचिव अधिवक्ता ज्ञानेन्द नेपाल, अधिवक्ता लिलानाथ घिमिरे र बिष्णु गिरीले जारी अध्यादेशको विरुद्धमा मंगलबार सार्वेच्चमा रिट दायर गर्ने तयारी गरेका छन्।

राष्ट्रपतिद्वारा जारी अध्यादेश राष्ट्र विरोधी भएको भन्दै त्यसलाई रोक्नका निम्ती आफुहरु सर्वोच्च अदालत जाने तयारी थालेको अधिवक्ता गिरीले बिएल नेपाली सेवालाई जानकारी दिए।

राष्ट्रपति भण्डारीले गत ९ गते नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।

प्रकाशित मिति: : 2021-05-25 11:24:00

प्रतिकृया दिनुहोस्