सङ्खुवासभामा जङ्गली च्याउ खाएर बिरामी भएका थप एकको मृत्यु

बिएल संवाददाता

किमाथाङ्का

सङ्खुवासभाको सिलिचोङ गाउँपलिका–५ याफुमा जङ्गली च्याउ खाँदा बिरामी  भएका थप एक जनाको मृत्यु भएको छ। उक्त गाउँकी २१ वर्षीया निर्जला राईको आज बिहान मृत्यु भएको उनका आफन्त डेबिन मेवाहाङले जानकारी दिए।

गत शुक्रबार जङ्गली च्याउ खाएर  सिलिचोङ–५ याफुका राईसहित परिवारका नौ जना बिरामी भएका थिए। निर्जलाको उपचारको क्रममा विराटनगरको लाइफगार्ड अस्पतालमा निधन भएको हो।

च्याउ खाएर बिरामी भएकी आठ वर्षीया रोजिना राईको गत आइतबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भइसकेको छ। आठ वर्षीय सन्धन राईलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईसियु कक्षामा राखिएको जनाइएको छ।रासस

प्रकाशित मिति: : 2021-05-25 18:51:00

प्रतिकृया दिनुहोस्