अभिनेत्री नीता ढुंगानाले आफू नेपालमा जन्मिएका करण पछुतो लागेको बताएकी छन्।
फेसबुकमा लेख्दै उनले संसार कोरोनाविरुद्ध लडिरहँदा कुर्सीका लागि लडाईं भएको देख्दा आफूलाई नेपालमा किन जन्मिएको होला जस्तो महसुस भएको बताएकी हुन्।
‘मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ। मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ। कोरोनाको विरुद्ध संसार लडिरहदा मेरो देशले मलाइ झन् लात हान्छ भन्ने कुरा आज आभास भयो। यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त लडाइ कुर्सीको लागि भैरहेको छ' उनले लेखेकी छन्।
कोरोना महामारीकाबीच आफूले आफन्त गुमाउनु परेको भन्दै उनी भन्छिन्, 'समयमा अस्पतालमा उपचार नपाएर मैले मेरो नजिकको अग्रज गुमाएँ। सायद समयमा नै आइसियुको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु पर्दैन थियो होला।'