'राधे'को आलोचना गरेकै कारण सलमान खानले समीक्षकविरुद्ध अदालतमा मुद्दा हाले

बलिउड अभिनेता सलमान खानको पछिल्लो चलचित्र 'राधे'ले अपेक्षाकृत चर्चा र सफलता पाउन सकेन। 

चलचित्रबारे अधिकांश सञ्चारमाध्यमहरुले पनि आलोचना गरेरै समीक्षा लेखिरहेका छन्। यहाँसम्म कि कतिपयले यस चलचित्रलाई झुर सम्म पनि भ्याएका छन्।

भारतीय अभिनेता तथा चलचित्र समिक्षक कमाल रसिद खानले पनि चलचित्र रिलिज भएकै दिन समीक्षात्मक भिडियो सार्वजनिक गर्दै फिल्म एकदमै ‘झुर’ भएको बताउँदै फिल्म हेरेर समय खेर नफाल्न सुझाव दिएका थिए।

उनले गरेको समीक्षालाई आफूलाई मानहानि भएको भन्दै सलमान खानले कमाल रसिदविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। यसबारे रसिदले आफ्नो सामाजिक सन्जाल ट्विटरमार्फत् जानकारी गराएका छन्।

सलमानले मुद्दाको छिटो सुनुवाइ गरिदिन अदालतसमक्ष आग्रहसमेत गरेको उनले जानकारी गराएका छन्। 

प्रकाशित मिति: : 2021-05-27 05:59:00

प्रतिकृया दिनुहोस्