गायक नितेश जङ कुवँर र ओसिन सिटौलाबीच यसरी बस्याे प्रेम (तस्वीरसहित)

युवा पुस्ताहरुमा गायक नितेश जङ कुवँरको क्रेज राम्रै छ। उनललाई नचिन्ने युवा युजतीहरु सायदै होलान्। 

पुरानो चर्चित गीत 'सिन्धुलीगढी घुमेर हेर्दा'को कभर भर्सनबाट चर्चामा आएका थिए, नितेश। त्यसपछि भने उनले आफै गीत लेख्ने र गाउन थाले। यहाँसम्म कि बाजाहरुसमेत आफै बजाएर गीत नै निकाल्न थाले। 

'आस्मा', 'हाम्रो नेपालमा', 'फिर्ती माया', 'गेडाजस्तो जिन्दगी', 'हलन्ते' जस्ता नितेशका गीतले यूटुबमा करौडौं भ्यूज पाएका छन्। यी नै गीतहरुले  नितेशलाई युवामाझ चर्चित बनायो।

महिनाअघि उनले आफ्नो समाजिक सञ्जालमा एउटा भिडियो शेयर गर्दै संगीतबाट बिदा लिने घोषणा गरे। संगीतमा सफल र स्थापित बनिसकेका नितेशले किन त्यस्तो निर्णय गरे ? यो उनी आफै जानुन्। 

तर फेरि नितेश एकपटक चर्चामा आएका छन्, प्रेम सम्बन्धको कारण। नितेश र ओसिन सिटौलाको प्रेम सम्बन्ध बाहिर आएको छ। ओसिन एक मोडेल तथा चर्चित सञ्चारकर्मी हुन्। उनले नेपालको सबैभन्दा लोकप्रिय रियलिटी शो भ्वाइस अफ नेपालमा होस्टसमेत गरिसकेकी छन्। 

यसरी बस्यो प्रेम

दुई वर्षअघि ओसिनले नितेशसँग एक अन्तर्वार्ता लिएकी थिइन्। जुन अन्तर्वाता Vmag नामक च्यानलबाट पब्लिश भएको थियो।

उक्त अन्तर्वार्ताअघि उनीहरु एकअर्काको लागि सामान्य साथी मात्र थिए। सामान्य चिनजान मात्रै थियो। तर अन्तर्वार्ता पछि भने उनीहरु नजिक हुन थाले। विस्तारै उनीहरुको सम्बन्ध प्रगाढ हुँदै गयो।

नितेशका नजिकका साथीहरुको अनुसार उनीहरु एक वर्षदेखि प्रेममा छन्। 

प्रकाशित मिति: : 2021-05-28 19:45:00

प्रतिकृया दिनुहोस्