तनहुँमा पहिराले वृद्धाको मृत्यु 

लगातार केही दिनदेखि परेको वर्षातका कारण पहिरो खस्दा तनहुँमा एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा व्यास नगरपालिका–१ निर्मलनगर टोलकी ६२ वर्षीया सरस्वती घर्ती रहेकी छन्।

गए राति घर पछाडिको ठूलो ढुङ्गा खसेर घर भत्किँदा पहिरामा च्यापिएर वृद्धा घाइते भएकी थिइन्। त्यहाँबाट उद्धार गरेर अस्पताल लैजाँदा उनको मृत्यु भएको वडाध्यक्ष खरसिं दरैले जानकारी दिए।

वृद्धासहित पाँचजनाको परिवार घरमा सुतिरहेका थिए। घर भत्किएपछि अन्य चारजना भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष दरैले जानकारी दिए। चारजना सकुशल रहेका छन्। घरको पछाडिपट्टिको भाग पूर्णरुपमा क्षति पुगेको छ। रासस 

प्रकाशित मिति: : 2021-05-29 14:14:00

प्रतिकृया दिनुहोस्