नेकपा (एकीकृत समाजवादी) पार्टीका उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनाइकन सरकारले सुख नपाउने बताएका छन्।
प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले सहकारीसम्बन्धी छानबिन समिति बनाउनुपर्ने बताउँदै गृहमन्त्री रवि लामिछानेको मात्रै नाम किटान गर्न आवश्यक नभएको बताएका हुन्।
‘केवल गृहमन्त्रीको मात्रै कुरा भएन। सबै सहकारीसम्बन्धी छानबिन हुनुपर्छ। गिरीबन्धु टि–स्टेटको सम्बन्धमा अदालतले फैसला गर्यो। पूर्णपाठ पढेर पार्टीको धारणा बनाउन सकेका छैनौँ। हिजो पनि यो भ्रष्टाचारजन्य काम नै हो’, उनले भने।