बलिउड अभिनेता रणवीर सिंहलाई अब दर्शकहरुले सानो पर्दामा पनि देख्न पाउने भएका छन्।
रियालिटी शो ‘न्यु विग रियालिटी सिरिज’ मा उनी होस्ट रुपमा प्रस्तुत हुँदैछन्। आउदो २५ जुलाईबाट कलर्स च्यानलमा प्रसारण हुन लागेको शो १२ राउण्डको भीजुअल शो हुनेछ।
तीन लाइफलाइन राखिएको यस् शो मा सहभागीलाई तस्बिर देखाइनेछ र चिन्न लगाइने छ।
त्यसो त सानो पर्दामा रणवीर पहिलो पटक काम गर्दै छन्।