सरकार ! राहत खोई ?

कोरोनाको दोस्रो लहरबाट नेपाल पनि आक्रान्त छ।

दिनहुँ संक्रमितको संख्या बढेको समाचार आइरहेका छन्। शून्यमा पुगिसकेको मृत्युदर पनि दैनिक साढे दुई सयसम्म पुगेको छ।

नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरले विशेषगरी सहरी क्षेत्र अलि बढी नै प्रभावित हुँदा रोग र भोक दुवैबाट सुरक्षित रहने आशाले जिल्ला–जिल्लाबाट काठमाडौं सहरमा आएर काम गर्न बसेका गाउँ–घर फर्केका हुन्।

त्यस्ता जनतालाई हेर्ने सरकार छ भनेर भन्न सकेको छैन सरकारले। संक्रमण र मृत्युदर बढेपछि विषम परिस्थितिलाई ध्यानमा राखेर सरकारले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा घोषणा गर्‍यो।

त्यसअघिका दुई दिन उपत्यकाबाट बाहिरिनेको मेला नै लाग्यो। बाहिरिनेहरूको मलिन र भयभीत अनुहारले सहरमा रोगले भन्दा भोकले मर्नुपर्ने बाध्यतालाई झल्काइरहेको थियो।

प्रकाशित मिति: : 2021-05-30 08:52:00

प्रतिकृया दिनुहोस्