अमेरिकी खोप कार्यक्रम प्रभावशाली, ४ करोड मानिस घुम्न निस्किए

Carlo Allegri | Reuters
Carlo Allegri | Reuters

अमेरिकामा कोरोना खोपको राम्रो नतिजा देखिएको छ। खोपका कारण अधिकांश अमेरिकी आफू सुरक्षित भएको महसुस गरिरहेका छन्।

यसपालि अमेरिकाको धेरै राज्यको मौसम निकै राम्रो देखिएको छ। त्यसैले ४ करोड अमेरिकी आन्तरिक पर्यटन प्रवर्द्धनका लागि यात्रामा निस्किएका छन्।

प्रायः अमेरिकीहरू यतिबेला समुन्द्र तट, ऐतिहासिक र सुन्दर स्थानमा घुम्दै गरेको देखिन्छन्। विमानस्थलमा हजारौँ मानिसको भीड देखिन्छ। यसमा पनि विशेष कुरा उनीहरू मास्क बिना हिँडडुल गरिरहेका छन्।

ठाउँ–ठाउँमा उत्सवको तयारी भइरहेको छ। हालसम्म अमेरिकामा १३ दशमलव ४ करोड अर्थात ४० प्रतिशत मानिसले कोरोनाको खोप लगाइसकेका छन्।

धेरै अमेरिकी क्यालिफोर्निया र फ्लोरिडाको पर्यटन स्थलमा घुमिरहेको देखिन्छन्। दुई राज्यमा शनिबार र आइतबार हजारौं मानिस घुम्दै गरेको देखिन्थे। फ्लोरिडामा ९० को दशकको तुलनामा केही गर्मी भएपनि मानिसको भीड कम छैन।

प्रकाशित मिति: : 2021-05-31 11:16:00

प्रतिकृया दिनुहोस्