धनुषामा थप ७ दिन लम्बियो निषेधाज्ञा

विजय साह

जनकपुर

धनुषामा पुनः ७ दिन निषेधाज्ञा थप गरिएको छ। जिल्लामा कोरोना संक्रमितको संख्यामा कमी आएपनि संक्रमणको चुनौति अझै रहेकोले जेठ १७ गते राति १२ बजेबाट ७ दिनका लागि निषेधाज्ञा थप गरिएको हो।

सोमबार प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको संयोजकत्वमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ।

कोरोनाको दोस्रो लहरमा गएको जेष्ठ १० गते बिहानदेखि जेठ १७ गते राति १२ बजेसम्म लगाइएको निषेधाज्ञाको समय आज सोमबार राति सकिँदै छ।

योसहित गरी जिल्लामा तेस्रो पटक निषेधाज्ञाको समयअवधि थप गरिएको छ। जिल्लामा प्रथम पटक बैशाख २१ गते राति १२ बजेदेखि निषेधाज्ञा लागू गरिएको थियो।

निषेधाज्ञा अवधिमा अति आवश्यकबाहेक घरबाट ननिस्किन प्रशासनले आग्रह गरेको छ।

प्रकाशित मिति: : 2021-05-31 12:25:00

प्रतिकृया दिनुहोस्