कोरोनाको ‘इपिसेन्टर’ लुम्बिनीमा ६० प्रतिशतसम्म घट्यो संक्रमण, अस्पतालमा पाइन थाल्यो बेड !

प्रकाश आचार्य

कोरोना संक्रमणको दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित लुम्बिनी प्रदेशमा संक्रमण दर ह्वात्तै घट्न थालेको छ । 

संक्रमणको ‘हटस्पट’ बनेको बाँके, रूपन्देही र दाङलगायतका जिल्लामा ६० प्रतिशत भन्दा बढीले संक्रमण घटेको तथ्यांकले देखाएको छ । 

बेड अभावले अस्पतालको भुइँ र गल्लीमा समेत बिरामी भरिभराउ थिए । अहिले आईसीयू बेड समेत खाली हुन थालेका छन् । चार अंकमा पुगेको संक्रमण अहिले दुई अंकसम्म झरेको छ ।

२ अंकबाट मृत्यु १ अंकतर्फ ओरालो लागेको छ । कोरोनाको दोस्रो लहर लुम्बिनीको बाँकेबाट शुरू भएको थियो । वैशाख १० गतेदेखि बाँकेमा सुनामीको रूपमा फैलिएको संक्रमण जेठ दोस्रोबाट कम हुन थालेको देखिन्छ । 
आइतबार बाँकेमा सबैभन्दा कम १२ जनामा संक्रमण देखियो भने रुपन्देहीमा ५१ जनामा संक्रमण पुष्टि भएको छ । ५ जनाको मृत्यु भएको छ ।

बाँकेमा यो कोरोनाको दोस्रो लहर शुरू भएपछिकै कम संक्रमण हो । बाँकेमा पनि गएराति ५ जनाको मृत्यु भएको छ । 

वैशाख तेस्रो सात रुपन्देहीमा एकै दिन १ हजार १०० र बाँकेमा १ हजार जनामा समेत संक्रमण पुष्टि भएको थियो । 

प्रकाशित मिति: : 2021-05-31 14:36:00

प्रतिकृया दिनुहोस्