उर्लाबारीमा कोरोना संक्रमणबाट पाँच दिनको अन्तरमा बाबुछोराको मृत्यु

कोरोनाले मोरङको उर्लाबारीमा पाँच दिनभित्र एकै परिवारका दुई जनाको मृत्यु भएको छ।

उर्लाबारी–२ मा पाँच दिनको अन्तरमा बाबु छोराको मृत्यु भएको हो। बुबा कुमार धिमालको जेठ १२ गते मृत्यु भएकोमा छोरा तेजबहादुर धिमालको आज निधन भएको हो। 

कोरोना संक्रमणका कारण तेजबहादुर जेठ ३ गतेदेखि झापाको विएनसी हस्पिटलमा उपचाररत थिए। उनको आज दिउँसो १२ : ४० मा मृत्यु भएको वडा अध्यक्ष राजन कडेल बताए। 

कुमार तत्कालिन उर्लाबारी गाविसका पूर्व उपाध्यक्षसमेत हुन्। यो सँगै उर्लाबारीमा  दोस्रो चरणमा मृत्यु हुनेको संख्या १८ पुगेको जनाइएको छ।

प्रकाशित मिति: : 2021-05-31 14:38:00

प्रतिकृया दिनुहोस्