थप ४७६२ जनामा कोरोना संक्रमण पुष्टि, ११४ जनाको मृत्यु 

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ७६२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालामा १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यसैगरी गत २४ घण्टामा ६ हजार ४९१ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ११४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालमा हालसम्म मृतकको सङ्ख्या ७ हजार ३८६ पुगेको छ।

प्रकाशित मिति: : 2021-05-31 17:42:00

प्रतिकृया दिनुहोस्