न्यायाधीश दीपक कार्की र आनन्दमोहन भट्टराई  संवैधानिक इजलासबाट बाहिरिए

File Photo
File Photo

सर्वोच्च अदालतको संवैधानिक इजलासबाट दुई बरिष्ट न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराई बाहिरिएका छन्।

तेजबहादुर केसी र बमकुमार श्रेष्ठले विपक्षी वकिलले इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि विवाद चलेपछि न्यायाधीशद्वय इजलासबाट बाहिरिएका हुन्।

इजलासको यही संरचनाबाट अगाडि बढ्दा न्यायिक निष्पक्षता कायम रहन्छ भन्नेमा ढुक्क हुने अवस्था नरहेकोले इजलासबाट अलग हुने जानकारी गराएका छौं। आदेश सुनाउँदै वरिष्ट न्यायाधीश दिपक कार्की भने। 

यसअघि वरिष्ठताका आधारमा न्यायाधीशहरूलाई राखेर संवैधानिक इजलास गठन गर्ने सहमति जुटेको थियो ।

प्रकाशित मिति: : 2021-06-01 13:53:00

प्रतिकृया दिनुहोस्