कोरोनाविरुद्ध मिलेर लड्न नाइजेरियाली राष्ट्रपतिको आह्वान

BBC
BBC

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले कोरोनाभाइरस महामारीका विरुद्धमा मिलेर लड्न सबैलाई आह्वान गरेका छन्। 

समयामसयक चुनौतीहरुलाई संयुक्त रुपमा सामना गर्नु पर्नेमा उनले अन्तर्राष्ट्रिय समुदायलाई पनि आह्वान गरेका छन्। 

'कोरोनाभाइरसले संसारभरी अकल्पनीय सङ्कट ल्याएको छ, यसले ठूलो क्षति पनि बनाएको छ' विदेशी कुटनीतिज्ञहरुसँग राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा उनले भनेका छन्। 

अहिलेको महामारी धेरै ठूलो भएकाले कुनै एउटा देश वा निकायले मात्रै व्यवस्थापन गर्न नसक्ने भएकाले अन्तर्राष्ट्रियस्तरबाट नै गर्नुपर्ने उनको भनाइ छ। 

मानव तथा मानव जीवनशैलीमाथि कोरोनाभाइरसले धावा बोलेको राष्ट्रपति बुहारीले विदेशी कुटनीतिक अधिकारीहरुसँग बताएका छन्।
 
'सबैले एक अर्का देशलाई सम्मान गर्दै सहयोग र सहकार्य पनि गर्नु अति आवश्यक देखिएको छ, त्यसका लागि म सबैलाई आग्रह गर्दछु'  उनले भने। 

उनले दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा सहकार्य गर्न चाहेको पनि राष्ट्रपति बुहारीले सो अवसरमा बताएका थिए। रासस 

प्रकाशित मिति: : 2021-06-02 14:13:00

प्रतिकृया दिनुहोस्