‘त्यति बेलै मर्न पाएको भए हुन्थ्यो’

बाँदरमुढे घटनामा अयोध्यापुरी गणेशगन्जकी विष्णु विकको दाहिने खुट्टा भाँच्चियो। दाँत झर्‍यो। टाउकोमा चोट लाग्यो। त्यसकै असरका कारण उनी काम गरेर खान नसक्ने भएकी छन्। माइत जान बस चढेकी विकको साथमा १४ महिनाकी छोरी सुस्मिता थिइन्। सुस्मिताको खुट्टा, ढाड, टाउको दुख्ने, आँखामा समस्या छ।   

उनको शारीरिक र आर्थिक दुवै अवस्था कमजोर छ। कसैले १६ वर्षअघिको उक्त घटनाबारे सोधे आफूले भोगेको पीडाले उनी आक्रोशित हुन्छिन्। ‘त्यति बेलै मर्न पाएको भए यो अवस्था त देख्न पर्थेन’, उनले भनिन्, ‘पृथ्वीलाई भार भैयो। न बाँच्न सकेको छु न मर्न।’

न्याय र क्षतिपूर्ति उनको माग रहेछ। उनीजस्तै पीडित राजनीतिक दलहरूले अनेक बहाना गरेर आफ्ना मागको सुनुवाइ नगरेको बताउँछन्। बरु उल्टै घृणा र उपेक्षा गरिएको गुनासो उनीहरूले गरेका छन्। अधिकांश घाइते काम गरेर खान नसक्ने अवस्थामा छन्। उनीहरूले उपचार खर्चसमेत पाएका छैनन्।

प्रकाशित मिति: : 2021-06-06 07:46:00

प्रतिकृया दिनुहोस्