यी हुन् सार्वजनिक स्थलमै 'किस्' गर्ने कलाकारहरु (तस्वीरसहित)

Breaknlinks
Breaknlinks

बलिउड चलचित्र र कलाकारहरुको क्रेज नेपालमा राम्रै छ।

बलिउड हेर्दा-सुन्दा-देख्दा जस्तो लाग्छ, वास्तवमा त्यस्तो भने छैन। बलिउडमा एउटा सानो घटनाले कसैको सफलता र करियर नै बर्बाद गरेकाे छ भने कुनै संयोगले पनि केही कलाकारकाे करियर नै स्थापित भएकाे छ। जसका उदाहरण प्रशस्त छन्।

बलिउडका विभिन्न कलाकारहरुले सार्वजनिक कार्यक्रममै चुम्बन गरेकाे घटना बेला-बेला चर्चामा आइरहन्छन्। चलेका र सफल कलाकाहरु पनि यस सूचीमा पर्छन्।

रन्दीप होडा, अमिर खान जस्ता चलेका कलाकारहरु पनि सार्वजनिक स्थलमै असभ्य तरिकाले चुम्बन गरकै कारण विवादमा आइसकेका छन्।

यहाँ केही कलाकारहरु उल्लेख गरिएको छ, जसले सार्वजनिक स्थलमै चुम्बन गरेर विवादमा आए :

क्रिष्टियानो रोनाल्डो र बिपसा बासु

बलिउड अभिनेत्री बिपसा बासुलाई नचिन्ने सायदै होलान्। केही वर्षअघि बिपसा एउटा कार्यक्रम होस्न गर्नको लागि पोर्चुगलको लिस्बन पुगेकी थिइन्। उक्त कार्यक्रमा चर्चित फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोलाई अर्वाड प्रदान गरिदै थियो। जब बिपसाले मञ्चबाट क्रिष्टियानो नाम लिइन्, तब क्रिष्टियानोले मञ्चमा उक्लदै गर्दा अचानक बिपसालाई अंगालोमा लिए उनको ओठमा चुम्बन गरे। यो घटनाले सामाजिक सञ्जाल खुब तातेको थियो।

रन्दीप होडा र ऋचा चढ्डा

अभिनेत्री ऋचा चढ्डा बलिउडकी 'बोल्ड' अभिनेत्री हुन्। केही वर्षअघि एक चलचित्र पुरस्कार वितरण समारोहमा उनको नाम अभिनेता रन्दीप होडासँग जोडिएको थियो। उक्त समारोहमा उनले दर्शकदीर्घामै रन्दीपको ओठ चुम्बन गरिन्। जतिबेला अरु हेरेको हेर्यै गरे।

प्रतिक बब्बर र यमी ज्याक्सन

लिभुरपुल जन्मभूमि भएकी बलिउड अभिनेत्री यमी ज्याक्शन एक सफल अभिनेत्री हुन्। उनी लण्डनका चर्चित व्यवसायी जर्ज पनायीटोयूसँग रिलेशनमा बसेको लामो समय भइसकेको छ। तर केही समयअघि भारतको गोवामा खिचिएको उनको एउटा तस्वीर भाइरल भएको थियो। जसमा उनले कलाकार प्रतिक बब्बरलाई खुलमखुला चुम्बन गरिरहेकी छन्। उनको यो तस्वीरले पनि सामाजिक सञ्जालमा आलोचना खेप्नु पर्यो। 

राखी सावन्त र मिक्का सिंह

केही वर्ष पहिले बलिउडका चर्चित गायक मिक्का सिंहले आफ्नो जन्मदिनमा एक साँझ पार्टीको आयोजना गरेका थिए। जहाँ चलेका र स्थापित कलाकारहरु उपस्थित थिए। त्यो साँझ केक् काट्नुभन्दा पहिले नै मिक्का मदिराले मातिसकेका थिए। केक् काटेपछि जब उनले राखीलाई खुवाउन थाले, तब उनले राखीलाई नै अंगालोमा लिए र अचानक गहिरो चुम्बन गरे। त्यतीबेला उपस्थित अन्य कलाकारहरु हेरेको हेर्यै भए। उनीहरुको चुम्बन तस्वीरले पनि तहल्का मच्चाएको थियो।


अमिताभ बच्चन र जया बच्चन

चुम्बनकाे विषयमा बलिउडका 'लिजेन्ड' कलाकार अमिताभ बच्चन र जया बच्चनको पनि नाम आउछ। केही वर्षअघि एक सार्वजनिक समारोहमा जब अमिताभ बच्चनले आफ्नो गहकिलो मन्तव्य राखेर दर्शकदीर्घामा गएर बसे, तब उनको मन्तव्य सुनिरहेकी उनकै श्रीमती जया बच्चनले अमिताभालाई एकछिन चुम्बन गरिरहिन्। चुम्बन गरेकाे तस्वीर भाइरल भएपछि जयाले स्पष्टीकरण दिदै भनेकी थिइन्, 'उहाँले मन्तव्यमा राखेकाे विचारले म ज्यादै खुशी भएकाे थिए, त्यही खुशीमा मैले चुम्बन गरेकी हुँ।'

प्रकाशित मिति: : 2021-06-07 07:38:00

प्रतिकृया दिनुहोस्