भारतका चर्चित टेलिभिजन अभिनेता पर्ल वी पुरीलाई प्रहरीले पक्राउ गरेको छ।
उनी बलात्कारको आरोपमा पक्राउ परेका हुन्। पुरीविरुद्द एक महिला र उनको परिवारले बलात्कारकाे उजूरी दिएका छन्।
‘नागिन ३’ र ‘ब्रम्हराक्षस २’ जस्ता चर्चित सिरियलमा काम गरेका उनले २०१३ बाट उनले आफ्नो करियर सुरु गरेका थिए । ‘दिल की नजर से खूबसुरत’ नामक सिरियल बाट उनले पहिलो पट्क सानो पर्दामा पाइला टेकेका हुन्l
पुरी ‘किचन च्याम्पियन ५’ र ‘खतरा खतरा खतरा’ जस्ता रियालिटी शोका पनि प्रतिस्पर्धीसमेत हुन् l ‘नागार्जुन एक योद्धा’, ‘बेपनाह प्यार’, लगायत सिरियलमा काम गरेका पुरी बिग बोस १२ र १३ मा गेस्टका रुपमा पनि देखिएका थिए