बलिउड अभिनेत्री कट्रिना कैफको प्रेम सम्बन्ध बेला बेलामा चर्चामा आउछ।
अभिनेता रणवीर कपुरसँग ब्रेकअपपछि उनी केही समय मानसिक तनाबमा बसिन्। तर यतिबेला भने कट्रिनाले नयाँ साथी पाइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
भारतीय मिडियामा अभिनेता विक्की कौशल र नायिका कट्रिना कैफको प्रेम चर्चा चलिरहेको छ। चलचित्र ‘भूत’को विशेष शोमा विक्कीसँग कट्रिना देखिएकी थिइन्। यसपछि, मुकेश अम्बानीले आयोजना गरेको होली पार्टीमा पनि विक्की र कट्रिना एकसाथ पुगेका थिए।
यी दुईलाई एकैदिन कोरोना संक्रमण पनि देखिएको थियो। भारतीय मिडियाका अनुसार, विक्की र कट्रिना सामाजिक संजालबाट प्रेम सम्बन्ध सार्वजनिक गर्न चाहिरेका छन्।
विक्कीलाई लिएर कट्रिना गम्भिर छिन्। उनले, चलचित्रको पर्दामा विक्कीले अन्य नायिकासँग चुम्बन नगरुन् भन्ने चाहेकी छिन्।