३७ वर्षमा लागिन् साेनम

बलिउड अभिनेत्री सोनम कपूर ३६ औं वर्ष पुरा गरेर ३७ वर्षमा लागेकी छन्।

९ जुन १९८५ मा जन्मिएकी सोनम अभिनेता अनिल कपूरकी छोरी हुन्। सन् २००७ मा रिलिज भएको सञ्जय लीला भंसालीको फिल्म ‘सांवरिया’ बाट सोनमले बलिउडमा डेब्यु गरेकी थिइन्। 

२०१० मा प्रदर्शनमा आएको रोमान्टिक कमेडी फिल्म ‘आइ हेट लव स्टोरी’ बाट भने उनलाई बलिउडमा नोटिस भएकी थिइन्।

२०१३ मा उनको फिल्म ‘राझणा’, ‘२०१४ मा  ‘भाग मिल्खा भाग’ दर्शकले निकै रुचाएका थिए। त्यसपछि सोनमले ‘खुबसुरत’, ‘आयशा’, ‘थैंक यु’, ‘प्लेयर्स’, ‘पे्रम रतन धन पायो’ लगायत फिल्म अभिनय गरेकी छन्।
 

प्रकाशित मिति: : 2021-06-10 06:14:00

प्रतिकृया दिनुहोस्