गर्भवती भइन् अभिनेत्री नुसरत: श्रीमानलाई थाहा छैन, पेटकाे बच्चा प्रेमीकाे हुनसक्ने अनुमान

अभिनेत्री तथा तृणमूल कांग्रेसकी सांसद नुसरत जहां गर्भवती भएकी छन्। 

वैवाहिक महिलाकाे लागि गर्भवती हुनु सामान्य हाे। तर नुसरतकाे हकमा भने उनकाे गर्भवतीकाे अवस्था पनि चर्चामा छ। 

अचम्म त के छ भने नुसरत गर्भवती भएकाे उनका श्रीमान निखिल जैनलाई थाहा छैन। पछिल्लाे समय उनीहरुबीचकाे सम्बन्धमा दरार आएकाे भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

त्यसाे त नुसरतकाे श्रीमानबाहेक अर्का अभिनेता यशदास गुप्तासँग पनि अफयेर चलिरहेकाे खबरले चर्चा पाएकाे छ। 

उनीहरुकाे विषयलाई लिएर लेखिका तसलिमा नसरिनले सामाजिक सञ्जालमा लेखेकी छन्, 'नुसरत गर्भवती छिन्। उनका श्रीमान् निखिललाई यसबारे केही थाहा छैन। तर नुसरत अभिनेता यशदाससँग प्रेममा छिन्।'

नुसरतकाे अफयेर चर्चाले दर्शकहरूलाई लाग्न थालेकाे छ कि उनकाे पेटमा भएकाे बच्चा श्रीमान निखिलकाे नभएर प्रेमी यशदासकाे हाे।

जुन २०१९ मा नुसरत र निखिल वैवाहिक सम्बन्धमा बाँचिएका थिए। तर पछिल्ला केही महिनादेखि भने नुसरत र यशदासबीच गहिराे अफयेर चलिरहेकाे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

प्रकाशित मिति: : 2021-06-10 09:12:00

प्रतिकृया दिनुहोस्