घुस काण्डका फरार गाउँपालिका अध्यक्षलाई उप्रधानमन्त्री महासेठले घर पुर्याए,स्थानीयको प्रदर्शन

८ लाख घुस काण्डमा मुछिएका धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत कार्यालय फर्केपछि जनता समाजवादी पार्टीका नेता कार्यकर्ता, नागरिक समाजलगायतका युवाले बिरोध पदर्शन गरेका छन्।   

अध्यक्ष राउतलाई कार्यालय प्रवेशमा रोक लगाउन जसपाका स्थानीय कार्यकर्ता, नागरिक समाजलगायत युवाले आइतबार गाउँपालिकाको कार्यालय अगाडि विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।



घरेलु मदिरा समात्न गएका प्रहरीमाथी रक्सी खन्याइयो

प्रदर्शनका सहभागिहरुले अध्यक्ष राउतलाई कानुनले सफाई दिएपनि समाजको नजरमा अझै दोषी रहेको बताए। जनताको नजरमा सफाई पाउन गाउँपालिका अध्यक्ष राउत समाजको अगाडि आएर माफी माग्नुपर्ने बताए। 

प्रदर्शनमा जसपाका नेता राजकिशोर महतो, युवा नेता अजय राउत, नागरिक समाजका श्रवन कुमार, राजेश महतोसहित युवाहरुको सहभागिता थियो।
गएको फागुन १७ गते अख्तियार दुरुपयोेग अनुसन्धा आयोगको केन्द्रिय कार्यालय टंगालको टोलिले धनुषाको सखुवा महेन्द्रनगरबाट पछ्याएपछि गाउँपालिका अध्यक्ष राउत ८ लाख घुसरकम बाटोमा फालेर भागेका थिए। उनी अख्तियारबाट सफाइ पत्र लिएर गएको शुक्रबार अपराहन्न ३ महिनापछि घर फर्केका छन्। उनलाई घरसम्म पुर्याउन उपप्रधान एवं परराष्ट्रमन्त्री रघुवीर महासेठ आएका थिए।

प्रकाशित मिति: : 2021-06-13 18:16:00

प्रतिकृया दिनुहोस्