गणतन्त्रविरुद्ध गणतन्त्र !

राष्ट्रपति व्यक्ति होइन संस्था हो। देशको अत्यन्त सम्मानित पूर्णतः संवैधानिक यो संस्था जाति, वर्ण लिंग, वर्ग र समुदायभन्दा धेरै माथि हुन्छ र पदावधि पूरा भएपछि पनि यस पदको गरिमा जोकसैले राख्नुपर्छ। एक शुद्धबुद्ध भइसकेको व्यक्ति त्यसविपरीत कदापि  उभिन सुहाउँदैन। अझ यो संस्था राजनीति, धर्म, संस्कृति आदि अनेक सामान्य मानवीय सोच, समझ र मान्यताभन्दा धेरै माथि हुन्छ।

सबै नेपालीको एकताको प्रतीक रहेको यो संस्थाले आफ्नो सम्मान आजीवन कायम राख्नुपर्छ। यस्तो गरिमामय संस्था वा राष्ट्रपतिले संविधानतः प्राप्त दायित्व र जिम्मेवारी पूरा गर्दा व्यक्ति, संस्था र देशकै गरिमा वृद्धि हुन्छ। त्यसैले राष्ट्रपति वा यस संस्थाले अमुक राजनीतिक पार्टी सम्वद्ध अध्यक्ष वा प्रधानमन्त्री तहमा ओर्लिएर राष्ट्रपतिविरुद्ध संवाद गर्न सुहाउँदैन र मिल्दैन। यस्तो संस्थाले मुलुकको समसामयिक सन्दर्भमा सन्तुलित अभिव्यक्ति नदिँदा र तदनुसार व्यवहार नगर्दा संस्थागत गरिमा स्वात्तै घट्छ। त्यसैले पूर्वराष्ट्रपतिले राष्ट्रपतिकै विरोध गर्दा गणतन्त्र नै गणतन्त्रविरुद्ध रहेको जस्तो देखिन्छ। कुपात्रका हातमा परेको मोती पनि मूल्यहीन हुन्छ।

हीनताबोधले ग्रस्त मानव आफ्नै त्याग र बलिदानबाट प्राप्त उपलब्धिमाथि गर्व गर्न सक्तैन।  गणतन्त्र प्राप्तिको आन्दोलनको अगुवाइ गरेका पाँच पाँच पूर्वप्रधानमन्त्री समेत राष्ट्रपतिविरुद्ध असंवैधानिक कटु टिप्पणी गर्न थालेपछि गणतन्त्र भित्रै गणतन्त्र विरोधी सक्रिय रहेको आभास हुन्छ। सदियौंदेखि दास मानसिकतामा बानी परेपछि स्वतन्त्र र स्वाधीन नागरिक हुनुमा गर्व गर्न सक्तैन।

गणतान्त्रिक चेत, चिन्तन र चरित्र अत्यन्त दुर्बल हुँदा दास मानसिकता स्वतः विजयी बन्छ। त्यसैले पनि गणतन्त्र नै गणतन्त्रविरुद्ध सक्रिय भएको देखिन थालेको छ। कुरोको चुरो के हो भने हालै महामहिम पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपतिलाई नै लक्षित गरी आफूले दिएका अन्तवार्ताहरूमा असंवैधानिक र अमर्यादित अभिव्यक्ति चर्चाको शिखरमा रहेको छ। उक्त अन्तर्वार्ता पदीय गौरव र गरिमाअनुसार नभएको आमजनताका बीच बहस छेडिएको छ।

प्रकाशित मिति: : 2021-06-14 11:48:00

प्रतिकृया दिनुहोस्