निषेधाज्ञामा सीमा क्षेत्रमा बढ्यो तस्करी, सीमा हेर्ने प्रहरीले नै गर्छन् ‘तस्करलाई सहजीकरण’ !

कोरोना महामारीले मुलुकभर भएको निषेधाज्ञाको मौका छोपेर भारतीय सीमावर्ती क्षेत्रमा अवैध तस्करी र अपराधका घटना मौलाएका छन् । 

‘बन्दाबन्दी’ मा तस्कर र अपराधीका लागि सीमा क्षेत्र गतिलो गन्तव्य बनेको छ । मुख्य नाकामा कडाई भए पनि खुला सीमानाका कारण भित्री बाटो हुँदै लुम्बिनी प्रदेशका विभिन्न सीमावर्ती जिल्लाका चोरी पैठारीका घटना दिनदिनै बढेको छ । 

भारतसँग जोडिएका लुम्बिनी प्रदेशका ६ वटा जिल्ला छन् । ती सबै जिल्लामा मुख्य नाकाबाहेक अन्य खुला ठाउँबाट तस्करी हुने गरेका छन् ।

त्यसमध्ये रूपन्देहीमा तस्करी अझै बढी छ । तस्करी नरोकिँदा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । 

नेपालबाट पेट्रोलियम पदार्थ भारततर्फ तस्करी गरी अपचलन भैरहेको छ भने भारतबाट कपडा, हार्डवेयरका सामान तस्करी गरी नेपाल भित्रिएको छ । 

भारतमा भन्दा नेपालमा पेट्रोलिय पदार्थमा प्रतिलिटर ३० रूपैयाँ सस्तो छ । रूपन्देहीको बुची, बोधवार पिप्रहवा मनहरापुर, भगवानपुर भित्री नाकाबाट अहिले दैनिक चोरी पैठारी भइरहेको छ । 

सीमा नाकामा कोरोना महामारी बढेसँगै सशस्त्र प्रहरीको उपस्थिति बाक्लो बनाइए पनि तस्करहरूले प्रहरीकै मिलेमतोमा अवैध धन्दा चलाइरहेका छन् । 

प्रकाशित मिति: : 2021-06-14 19:53:00

प्रतिकृया दिनुहोस्