मेलम्ची बाढी: बेपत्ताको खोजी जारी

बिएल संवाददाता

सिन्धुपाल्चोक
Photo - RSS
Photo - RSS

अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीका कारण अहिलेसम्मको विवरणमा ३१ जना बेपत्ता भएकाा छन्।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार १६ जना बेपत्ता भएको पुष्टि भएको छ भने एक पुरुषको शव फेला परेको छ। अन्य १५ जना अझै बेपत्ता छन्।

जिल्लामा व्यवस्थापन र उद्धारका लागि आज नेपाली सेनाको तिन वटा हेलिकोप्टर आएका छन्।  विपत्तिबारे गृह मन्त्रालयबाट  खाद्यान्न, त्रिपाल, टेन्ट र स्लिपिङ ब्यागलगायतका सामग्रीको व्यवस्थापन भएको छ।

थप उद्धार र राहतका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले छलफल गरेको जनाइएको छ।रासस

प्रकाशित मिति: : 2021-06-16 19:43:00

प्रतिकृया दिनुहोस्