खाडीको उडान खोल्दै सरकार 

फाइल तस्वीर
फाइल तस्वीर

उपत्यकाको निषेधाज्ञालाई खुकुलो बनाएसँगै सरकारले अब खाडी मुलुकलगायतका केही देशमा हुने हवाई सेवालाई सुचारु गर्ने भएको छ।

बुधबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन निर्देशन समितिको बैठकले नेपालबाट विश्वका विभिन्न मुलुकमा हुने अन्तराष्ट्रिय र आन्तरिक उडानहरुलाई खुकुलो बनाउने निर्णय गरेको हो।

मलेसिया, साउदी अरेयिबा, युएई, जापानलगायत देशहरुसँग हवाई सेवा खुकुलो बनाउने निर्णय भएको हो। यसै सातादेखि अन्तराष्ट्रिय उडानमा लगाइएको प्रतिबन्धलाई केही खुकुलो बनाउने निणर्य भएको हो।

सरकारले जेठ १८ गतेदेखि श्रम गन्तव्य देश कतार, टर्की र चीनबाट सातामा एक उडान सञ्चालन गर्दै आइरहेको छ।

त्यस्तै वैदेशिक रोजगारीबाट फर्किएर होटल क्वारेन्टिनमा बस्न नसक्ने श्रमिकलाई सरकारले आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

वैदेशिक रोजगारीमा गएर नेपाल फर्कन चाहेका तर विभिन्न कारणले १५ दिन होटल क्वारेन्टिनमा बस्नु पर्नेहरुका लागि १० दिनसम्मको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो।

सरकारले खाडीका देश र मलेसियाबाट श्रम गरी फर्कने नेपालीका लागि १५ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने अनिवार्य गरेको छ।

प्रकाशित मिति: : 2021-06-17 11:03:00

प्रतिकृया दिनुहोस्