पत्रकार शाहमाथि कुटपिटको विरोध

File photo
File photo

नेपाल पत्रकार महासङ्घले पत्रकार पारशविक्रम शाहमाथि प्रहरीबाट कुटपिट जनाउँदै भ्रत्र्सना गरेको छ। 

महासङ्घको एसोसिएट संस्था नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य एवं देशदैनिक डटकमका सम्पादक/प्रकाशक शाहमाथि समाचार संकलनका क्रममा प्रहरी सहायक निरीक्षक प्रतिभा सिंहले आज स्वयम्भुमा दुव्र्यवहार र कुटपिट गरेको महासङ्घले जनाएको छ। 

महासङ्घका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा    स्वतन्त्ररुपमा पेशागत कर्ममा जुटेका पत्रकारमाथि प्रहरीबाट गरिएको यो कार्य प्रेस स्वतन्त्रतामाथिको हनन् भएको जनाउँदै  पत्रकारको पेशागत स्वतन्त्रतामाथि आघात पुर्याउने र पत्रकार त्रसित बनाउने कार्य रोक्न माग गरिएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-17 18:53:00

प्रतिकृया दिनुहोस्