हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिसिरियल ‘जुठे’ बन्द भएको छ।
निषेधाज्ञामा पनि चल्दै आएको श्रृखंला अहिले आएर बन्द भएको हो।
सिरियल बुधबारबाट बन्द भएको निर्देशक मरिच मान श्रेष्ठ ‘बल्छी धुर्बे’ले बताएका छन्। सिरियलमा दलितको विषयलाई उठाइएको छ। तर केही दलित अधिकारकर्मीहरुले नै दलित विषयलाई सस्तो रुपले देखाइएको भन्दै विरोध गरेका छन्।
‘सिरियलमा उठाएको बिषयमा केही व्यक्तिले बिवाद पनि गरेका छन्’, निर्देशक श्रेष्ठले भने।
राजु पौडेल ‘मास्टर’ र श्रेष्ठको संयुक्त लेखन निर्देशन रहेको सिरियलमा रवि गिरी, बिद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिच मान श्रेष्ठ लगायतको कलाकारको मुख्य अभिनय रहदै आएको छ।