अक्षय कुमारको पुत्ला जलाइयो

बलिउड अभिनेता अक्षय कुमारको नयाँ चलचित्र ‘पृथ्वीराज’ रिलिज हुनुपूर्व नै विवादमा तानिएको छ। 

हालै चलचित्रको टाइटलको विरोधमा चन्डीगढमा अक्षय कुमारको पुत्लासमेत जलाइएको छ।

अखिल भारतीय क्षेत्रीय महासभाका सदस्यले फिल्मको टाइटल परिवर्तन गर्न माग गरेका छन्। संगठनले करणी सेनाले भने जस्तै राजाको पुरा नाम ‘सम्राट पृथवीराज चौहान’ टाइटलमा राख्न माग गरेको हाे।

एक महिना पहिले करणी सेनाले फिल्मको टाइटल परिवर्तन गरेर राजाको पुरै नाम राख्न भनेको थियो ।
 

प्रकाशित मिति: : 2021-06-19 06:11:00

प्रतिकृया दिनुहोस्