भेन्टिलेटरबाट कोरोना जितेर फर्किएकी ५२ वर्षीया आमाको अनुभव

लोकान्तर

काठमाडौँ

शोभा उपाध्याय

गत वैशाख १९ गतेदेखि मलाई ज्वरो आइरहेको थियो । २२ गते अचानक श्वास फेर्न गाह्रो हुन थाल्यो । त्यो देखेर घरका सबै जनाले ‘अब घरमा बस्नुहुन्न, अस्पताल जानुपर्छ’ भन्ने निर्णय गर्नुभयो ।

घरको ढोकामा एम्बुलेन्स आइपुग्यो । मैले निस्कने बेलामा पुलुक्क घडी हेरे १०ः३० बजेको रहेछ । अगाडि–अगाडि मेरो एम्बुलेन्स, पछाडि मोटरसाइकलमा छोराहरू ।

हामी पाटन अस्पताल पुग्यौं । तर त्यहाँ बेड नभएकाले भर्ना पाइएन । सहयोगी आफन्त, साथीभाइले फोनबाट पनि सक्दो प्रयास गरिरहनुभएको थियो । तर आधा घण्टाको प्रयासपछि केही सीप लागेन ।

हामी फर्कियौं र टेकु अस्पताल पुग्यौं । मेरो छोरा पटक–पटक मलाई आश्वासन दिँदै भन्थ्यो – हजुरलाई केही हुँदैन ।

उसका भरिएका आँखामा १० दिनसम्म नर्भिक अस्पताल बसेर ११ औं दिन २०७० कात्तिक १३ गते बुवा बितेका र अब आमालाई गुमाउनु नपरोस् भन्ने भावना प्रस्टै झल्किन्थ्यो । टेकु अस्पतालमा धेरै बेरको प्रयासपछि एउटा बेड पाइयो ।

 

प्रकाशित मिति: : 2021-06-19 11:45:00

प्रतिकृया दिनुहोस्