अभिनेत्री रेवतीमाथि यौन शोषण गर्ने १४ जना काे हुन् ?

Photo : npg.news
Photo : npg.news

दक्षिण भारतीय चलचित्र क्षेत्रकी अभिनेत्री रेवती संपतले १४ जनामाथि यौन शोषणको आरोप लगाएकी छन्।

उनले सामाजिक सञ्जाल फेसकबुकमा १४ जनाको नाम सार्वजनिक गर्दै सो आरोप लगाएकी हुन्। उनले सार्वजनिक गरेको सूचीमा चर्चित अभिनेता सिद्दीकी, निर्देशक राजेश टचरिवर, डाक्टर, सब–इन्स्पेक्टरसहित कयौँ मानिस सामिल छन्। डिवाइएफआई नेता नन्दु अशोकनको नाम पनि सूचीमा छ।

उनले पोष्टमा लेखेकी छन् ‘मैले यहाँ प्रोफेसनल, ब्यक्तिगत, साइबर स्पेसका माध्यमले दुर्व्यवहार गर्ने अपराधिको नाम खुलासा गर्दैछु। जसले अहिलेसम्म मेरो शारीरिक, मानसिक र भावनात्मक रुपमा शोषण गरेका छन्।’

अभिनेत्रीले निर्देशक राजेश टचरिवर, अभिनेता सिद्दीकी, फोटोग्राफर आशिक माही, अभिनेता शिजु ए।आर, केरला फेसन वीकका संस्थापक अभिल देव, डक्टर अजय प्रभाकर, साइबल बुल एम। यसएसएस, सौरभ कृष्णन, डीवाईएफआई युनिट कमिटीका सदस्य नेदुमकाड, सब इन्सपेक्टर बीनुलगायत व्यक्ति रहेका छन्।

प्रकाशित मिति: : 2021-06-20 06:05:00

प्रतिकृया दिनुहोस्