सिन्धुपाल्चोक बाढी: मेलम्ची आयोजनाबाट काठमाण्डू उपत्यकामा भइरहेको खानेपानी आपूर्तिमा कस्तो असर पर्छ?

बिबिसी

काठमाडाैं

गत साता बाढीले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाका पूर्वाधारहरूको मर्मतका लागि पुल र सडक अनिवार्य रहेको भन्दै अधिकारीहरूले अब बर्खा यामपछि मात्रै वैकल्पिक विधि अपनाएर मेलम्चीको पानी काठमाण्डूमा झार्न सकिने बताएका छन्।

आवश्यक निर्माणका कार्यहरू पूरा भएको भन्दै गएको फाल्गुन १० गतेबाट मेलम्ची नदीको पानीलाई अस्थायी बाँध बनाएर काठमाण्डूमा ल्याइएको थियो।

तर गत मङ्गलवार बिहान प्राविधिक निरीक्षणका लागि सुरुङ बन्द गरी सुन्दरीजलबाट पानी खाली गर्न थालिएको थियो।

त्यही दिन सिन्धुपाल्चोकमा आएको बाढीले अम्बाथानस्थित 'हेडवर्क्स' भनिने व्यवस्थित पानी पसाउन बनाइएको संरचनावरपर क्षति पुर्‍याएको छ।

बाढीमा बेपत्ता भएका सात जनामध्ये चार जनाको शव भेटिएको बताइएको छ।

मेलम्ची आयोजनामा कति क्षति पुग्यो

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार 'हेडवर्क्स' मा बाढी पसेकाले त्यहाँ भएका अस्थायी संरचनाहरू सबै बगेका छन्।

प्रकाशित मिति: : 2021-06-21 16:47:00

प्रतिकृया दिनुहोस्