कपिल शर्माले पहिलोपल्ट सार्वजनिक गरे छोरोको तस्वीर

चर्चित भारतीय कमेडियन कपिल शर्माले आफ्नो छोरा त्रिशानको तस्वीर पहिलो पटक सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

कपिलले सार्वजनिक गरेको तस्वीरमा उनको काखमा छोरो त्रिशान र छोरी अनायरा केक काट्दै गरेको देख्न सकिन्छ। तीनै जनाले सेतो कलरको टिसर्ट समेत लगाएका छन्।

तस्बिर शेयर गर्दै कपिल शर्माले लेखेका छन् ‘पब्लिकको जोडदार डिमान्डका कारण अनायरा र त्रिशान पहिलो पटक एकसाथ।’

कपिल र उनकी पत्नी गिन्नी चतरथ गत १ फेब्रअरीमा त्रिशानको आमाबुबा बनेका थिए। 

प्रकाशित मिति: : 2021-06-22 07:58:00

प्रतिकृया दिनुहोस्