विश्व रंगमञ्चमा लुम्बिनी

 

वासु गौतम

काठमाडौंबाट करिब २५० किलोमिटर दक्षिण पश्चिममा अवस्थित लुम्बिनी र इटालीको राजधानी रोमबाट लगभग उत्तिकै दुरीमासंसारकै सबैभन्दा आकर्षक सहर फ्लोरेन्स। इटालीको मध्यभागमा रहेकोटस्कनी क्षेत्रको फ्लोरेन्ससबैभन्दा ठूलो सहर र राजधानी  हो। मल्लकालको काठमाडौंजस्तैफ्लोरेन्स पनि मध्ययुगीन  युरोपको व्यापारिक केन्द्र युरोपका धनी सहरमध्ये एक थियो।धेरै इतिहासकारले फ्लोरेन्सलाई युरोपेली पुनर्जागरणको जन्मस्थल र ‘मध्ययुगीन युरोपको एथेन्स’को संज्ञा दिएका छन्।

मल्लयुगलाई काठमाडौं उपत्यकाको कला र संस्कृतिका दृष्टिकोणले जसरी ‘स्वर्णिम युग’का रूपमा चिनिन्छ, फ्लोरेन्स पनि रेनेसां अर्थात ‘युरोपेली पुनर्जागरण’को केन्द्रबिन्दुका रूपमा विश्व इतिहासमा दर्ज छ। १४औंदेखि १६औं शताब्दीको समयमा युरोपमा व्यापार, कृषि, धर्म र संस्कृति फस्टाउँदै गर्दा फ्लोरेन्स  राजनीतिक, आर्थिक र सांस्कृतिक केन्द्रका रूपमा युरोप र विश्वको सबैभन्दा महत्वपूर्ण सहरमध्ये एक थियो।

ग्रीसको सभ्यतामा आधारित युरोपेली पुनर्जागरण
रेनेसां फ्रेन्च शब्द हो, जसको अर्थ पुनर्जागरण भन्ने बुझिन्छ। प्राचीन ग्रीस सभ्यताको प्रभावमा युरोपेली कला र अन्य विविध क्षेत्रको उत्खनन र जागरण नै युरोपेली पुनर्जागरण हो। पश्चिमी सभ्यताको इतिहासमा रेनेसांभन्दा अघि कला, विज्ञान र दर्शनको क्षेत्रमा यो स्तरको प्रगति कहिल्यै भएको थिएन।प्राचीन ग्रीसले विशेषगरी पश्चिमी सभ्यताका आधारशिलाहरू खडा गरेको थियो। प्राचीन ग्रीस सभ्यताले दर्शन, विज्ञान, कला, वास्तुकला, सरकार र राजनीति, अर्थशास्त्र, साहित्य आदिमा पुर्‍याएको योगदानको जगमा टेकेर फ्लोरेन्सले १४औं शताब्दीमा युरोपली पुनर्जागरणको अभियान छेड्यो। युरोपेली पुनर्जागरणले विज्ञान र प्रविधिको क्षेत्रमा ठूलो प्रभाव पार्न थाल्यो।

प्रकाशित मिति: : 2021-06-23 12:20:00

प्रतिकृया दिनुहोस्