पछिल्लो समय बलिउड अभिनेत्री स्वेता तिवारीकी छोरी पलक तिवारी चर्चामा छिन्।
पलकले समाजिक सञ्जालका फेसबुक, इन्स्टाग्राम, ट्वीटरमा आफ्ना नयाँ-नयाँ लुक्समा तस्वीरहरु सार्वजनिक गर्दै आएकी छन्।पलक अहिले २२ वर्षकी भइन्।
त्यसो त यतिबेला दर्शकहरुले आमा-छोरीको सुन्दरतालाई तुलना गर्न थालेका छन्। स्वेताको उमेर ४५ वर्ष पुगिसकेको छ। तर उनी अझै पनि २४ वर्षे उमरकी जस्तो देखिन्छन्।
आमा-छोरी नै सामाजिक सञ्जालमा निकै सक्रिय रहदै आएका छन्। केही दर्शकहरुले त आमाछोरीलाई सँगै एउटै चलचित्रमा काम गरेको हेर्ने चाहना पनि व्यक्त गरेका छन्।
पलकले अहिलेसम्म तीन वटा म्युजिक भिडियो र एउटा चलचित्रमा काम गरिसकेकी छन्। आमाछोरीको तस्वीर झ्वाट्ट हेर्दा दर्शकलाई पनि एकछिन छुट्याउन गाह्रो नै पर्छ।