कुकुर मर्दा आन्दोलन गर्नेहरू मानिसमाथि अमानवीय विभेद हुँदा कहाँ छन् ?

लोकान्तर

काठमाडाैं

राहुल सांकृत्यायन एक जमानामा तिब्बत भ्रमणमा गएका रहेछन् । पक्कै पनि भारतको भन्दा फरक खानपान, भेषभुषा अनि हावापानी । उनलाई त्यहाँ खान्कीको रूपमा रातो चामलको भातसँग गोरुको मासु दिइयो।

शुरूमा त उनलाई त्यो गोरुको मासु हो भन्ने थाहा थिएन । उनलाई गोरुको मासु  असाध्यै मीठो लागेछ । त्यस्तो नाम चलेको महापण्डितलाई पनि गोरुको मासु खुवाउन पाउँदा तिब्बतीयनहरू दंग परेछन् ।

खाना खाइसकेपछि हात धुने क्रममा राहुल सांकृत्यायनले सोधेछन्, ‘केको मासु हो ? मलाई त साह्रै मीठो लाग्यो ।’

भान्छे तिब्बतीले जवाफ दिएछन्- “गोरुको मासु हो ।”

यस्तो कुरा सुन्नेबित्तिकै महापण्डित राहुल सांकृत्यायनले ह्वाल्ह्वाली वान्ता गरेछन् । हतारहतार सुनपानीले आफूलाई चोख्याएछन् ।

उनको यस्तो अवस्था देखेर तिब्बतीहरू पनि डराएछन्। कोलाहल मच्चिन थालेछ। अनि एकजना अगुवा तिब्बतीले सोधेछन्- “गुरु हजुरलाई अचानक के भयो यस्तो ? केही भूल पो भयो कि, क्षमा पाऊँ ।”

डराएका तिब्बतीलाई उनले भनेछन्- “भाइजान मेरे अन्दरका ब्राह्मण जाग उठा ।”

यो कुरा उनले आफ्नो पुस्तकमा पनि लेखेका छन्।  हो, उनी एक हिन्दू परिवारमा जन्मिएका थिए । पछि बौद्धिस्ट भए, अनि मार्क्सवादको व्याख्या गर्न पनि थालेका थिए।

प्रकाशित मिति: : 2021-06-24 15:05:00

प्रतिकृया दिनुहोस्