अहिलेको लडाईं कसको नेतृत्वमा चुनाव गर्ने भन्ने नै हो : दीपकुमार उपाध्याय [अन्तर्वार्ता]

लोकान्तर

काठमाडौँ

सुशील पन्त

राजनीतिक घटनाक्रमको सुक्ष्म मूल्यांकन गरिरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वराजदूत दीपकुमार उपाध्यायसतहमा अन्य कुरा देखिए पनि कसको नेतृत्वमा चुनाव गर्ने भन्ने नै अहिलेको मुख्य विवाद भएको विश्लेषण गर्छन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्छ भन्ने कुरामा विश्वास राख्ने उपाध्याय त्यसपछि वैकल्पिक सरकार बन्न नसकेमा मुलुक फेरि अनिश्चयमा फस्ने विश्लेषण गर्छन् ।

मुलुकको समसामयिक राजनीतिक घटनाक्रम, नेपालमा बाह्य हस्तक्षेप बढेको भनेर निकालेको विज्ञप्ति र नेपाली कांग्रेसको आसन्न महाधिवेशनबारे लोकान्तरका लागि सुशील पन्तले भारतका लागि नेपाली पूर्व राजदूत उपाध्यायसँग कुराकानी गरेका छन् ।

प्रस्तुत छ, कुराकानीको सार संक्षेप :

दोस्रो पटकको प्रतिनिधि सभा विघटनपछि झनै राजनीतिक अन्योल देखिँदैछ । एकजना राजनीतिज्ञको विश्लेषणमा सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरिदियो या पुनःस्थापना गरिदिएन भने त्यसपछिको राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्ला ? 

अहिलेका प्रधानमन्त्रीको व्यवहार त्यो दम्भपूर्ण, अहम् युक्त देखिन्छ, त्यसलाई म प्रवृत्ति भन्छु । त्यो एकैपटक आएको होइन, त्यसका लागि नेकपा जिम्मेवार छ ।

नेकपा भन्नाले उहाँसँग असहमत रहने पक्ष, माधव नेपालजी लगायत अरू नेताहरू र प्रचण्डजी समेत दोषी हुनुहुन्छ । हामीले शुरूदेखि भनेको हो, यो नमिल्ने घोल हो । जे भन्यौं त्यो भयो । त्यो भएपछि शुरूदेखि नै पार्टीको संविधान, कानून र विधानको कसौटीमा प्रधानमन्त्रीलाई राख्न नसक्नाको परिणाम आजको अवस्था आएको हो । 

त्यत्तिकै जिम्मेवार कांग्रेस लगायतका प्रतिपक्षी पनि छन् । प्रधानमन्त्रीले तत्काल राजीनामा गर्नुपथ्र्यो र त्यसपछि विकल्प दिन नसक्नु त्यो बेलामा आन्दोलनरत शक्तिको पनि कमजोरी थियो । प्रधानमन्त्रीको भन्दा कमजोरी विपक्षी दलको छ भन्छु । प्रधानमन्त्रीले राजीनामा गरेपछि हामी अगाडि बढ्छौं भनेर विपक्षी बसे । अहिले जहाँको त्यहीँ छ कुरो । 

प्रकाशित मिति: : 2021-06-25 11:40:00

प्रतिकृया दिनुहोस्