हास्य प्रहसनमा जमेका ‘पुर्खे बा’

लोकान्तर

काठमाडौँ

प्रकाश आचार्य

वास्तविक नाम पुरूषोत्तम भण्डारी । गाउँघरमा बोलीचालीको भाषामा सजिलोका लागि उनलाई ‘पुर्खे’ भन्ने गरिन्थ्यो । बुवा ५८ वर्षका हुँदा जन्मिएका भण्डारी बुवालाई चिन्नेबुझ्ने हुँदा वृद्धको रूपमा देखे ।

ठट्यौली शैलीमा बोल्ने बुवाको स्वभावले पुरुषोत्तमलाई पनि तान्यो । बुवाबाटै उनले ठट्यौली पारा सिके । बिस्तारै उनी वृद्ध मानिसको ‘क्यारिकेचर’ र अभिनय गर्न थाले अर्थात् बुढ्यौली स्वर निकाल्न थाले । 

त्यहीँ बाटोबाट भण्डारीले रेडियो, टेलिभिजनमा वृद्धको अभिनय र स्वरबाट हास्य व्यंग्यमा पाइला चाले । कलाकारिता क्षेत्रमा ‘पुर्खे बा’ अहिले स्टेज/मञ्चमा निकै जमेका छन् । अहिले उनी ‘पुर्खे बा’ उपनामले चिनिन्छन् ।

पुरूषोत्तमभन्दा पनि अहिले ‘पुर्खे बा’को नाममा उनको चर्चा गाउँदेखि शहरसम्म छ । साबिक लुम्बिनी अञ्चलमा हास्य क्षेत्रमा एक्लै प्रवेश गरेका उनी अहिले हास्य कलाकारको अग्रपंक्तिमा आउँछन् यस क्षेत्रमा । 

स्थानीय टेलिभिजनबाट दर्शक र स्रोताले रूचाएपछि उनको चर्चा निकै चुलियो । कोरोनाकाल अगाडि उनको व्यस्तता निकै थियो । महामारीले पछिल्ला एक/डेढ वर्ष मेला महोत्सव भने चलेका छैनन् । 

प्रकाशित मिति: : 2021-06-26 13:51:00

प्रतिकृया दिनुहोस्