दक्षिण भारतीय चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तापसी पन्नू रसिया पुगेकी छन्।
उनी कोरोना संक्रमणको महामारीमा फुर्सद मनाउन रसिया पुगेकी हुन्। उनीसँग उनकी बहिनी पनि गएकी छिन्।
तापसीले आफ्नो फेसबुकमा केही तस्वीरहरु शेयर गर्दै 'होलिडे' राम्रो भइरहेको संकेत दिएकी छन्।
त्यसो त उनी आगामी चलचित्रको लागि शुटिङ स्पट हेर्न पनि रसिया गएको बुझिएको छ। उनी आगामी चलचित्र एक बायोपिकमा काम गर्दैछिन्। जुन चलचित्रको आधा छायांकन रसियामा गर्ने निर्माण समूहले जनाइसकेको छ।