'सीता'मा करिना कपूरकाे नाम हल्ला मात्र, कंगनालाई प्रस्ताव

Photo : Indianexpress
Photo : Indianexpress

नयाँ बन्न लागेको बहुप्रतिक्षित बलिउड चलचित्र 'सीता'मा अभिनेत्री करिना कपूर देखिन लागेको भन्ने हल्ला चलिरहेको बेला निर्माण समूहले भने यो कुरा साँचो नभएको बताएको छ।

चलचित्रको लागि करिनाले १२ करोड मागेको समाचारसमेत बाहिरिएको थियो। अहिले भने करिनालाई 'सीता'को भूमिकाको लागि कहिल्यै सम्पर्क नगरिएको निर्माण समूहले जनाएको छ।

चलचित्रका लेखक केवी विजयन्द्र प्रसादले चलचित्रका लागि अभिनेत्रीको विषयमा खुलासा गरेका हुन्।

हालै सार्वजनिक एक रिपोर्टमा उनले फिल्मका लागि अभिनेत्री कंगना रनौतको नाम सुझाएको बताइएको छ।

केवीप्रसादले चलचित्र सीताको भूमिकाको लागि करिना र आलिया भट्टलाई प्रपोज गरेको कुरामा हल्ला मात्र भएको बताएका छन्।

प्रकाशित मिति: : 2021-06-28 06:33:00

प्रतिकृया दिनुहोस्