कोरोनाको झट्का : केहीले भाडाबापत घरबेटीलाई होटल नै बुझाए, केही कौडीको भाउमा बिक्री !

लोकान्तर

काठमाडौँ

परिवर्तन देवकोटा

काठमाडौंका राकेश ढकाल होटल व्यवसायी हुन् ।

उनले २०७६ माघ महिनामा ४० लाख भन्दा बढी लगानी गरी काठमाडौंको शंखमुलमा ‘बज्यैको सेकुवा कर्नर’ सञ्चालनमा ल्याए ।

शुरूआतमा १६ जना ‘स्टाफ’ राखेर सञ्चालनमा ल्याइएको सो सेकुवा कर्नरमा मजदुरहरू थप्दै लैजाने सोचमा थिए, उनी । तर उनलाई ‘पहिलो गाँसमै ढुंगा’ भनेजस्तो भइदियो कोरोना महामारी छ ।

कोरोना महामारी न्यूनीकरण तथा रोकथामका लागि सरकारले २०७६ चैतदेखि अर्थात् उनले रेस्टुरेन्ट खोलेको २ महिनापछि मुलुकभर लकडाउन जारी गर्‍यो ।

त्यसपछि सो रेस्टुरेन्ट चल्ने कुरै भएन । बीचबीचमा निषेधाज्ञा खुकुलो भएपनि राम्रोसँग रेस्टुरेन्ट चलाउन नपाउँदा कारोबार शून्यप्रायः नै रह्यो । 

अन्ततः रेस्टुरेन्ट नै बेच्ने निर्णयमा पुगे उनी । उनले गत वैशाखमा सो रेस्टुरेन्ट बेचेका छन् । 

उनी भन्छन्, ‘बाजेको सेकुवामा करीब ८/९ वर्ष काम गरेको अनुभवले यहाँ लगानी गरेको थिएँ, कोरोनाले चौपट बनायो ।’ 

 

प्रकाशित मिति: : 2021-06-28 14:08:00

प्रतिकृया दिनुहोस्